नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा


काठमाडौं । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षपुरा गरि ३६ औं वर्षमा प्रवेश गरेको छ । ३५ वर्ष अघि अर्थात् २०४४ साल फागुन १० गते नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीका नामबाट आफ्नो जीवन तथा निर्जीवन व्यवसाय सुरु गरेको थियो । तर, बीमा समिति हाल बीमा प्राधिकरणले २०६३ सालमा जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था गरेपछि नेशनल लाइफले जीवन बीमा व्यवसाय मात्रै गर्दै आएको छ । स्थापनाकालमा कम्पनीको पूँजी २ करोड रुपैयाँ थियो । साढे ३ दशक भन्दा लामो इतिहास बोकेको कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा ६५ प्रतिशत संस्थापक सेयरधनीहरु र ३५ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ । कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र नेपाली संस्थापकहरुको हिस्सा ५५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा विदेशी लगानीकर्ताको सेयर स्वामित्व १ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा कम्पनीमा ३ सय ७६ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सीईओ सुरेशप्रसाद खत्रीले कम्पनीको नेतृत्व गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *