नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले रिक्त रहेका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि आज एक सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो । सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख २३ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *