वीर अस्पताल भवनको छत भत्किँदा ४ जना घाइते

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा ती वस्तुले लागेर ४ जना घाइते भएका हुन् ।

चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *