ग्याँस तथा विजुली प्रयोगबारे शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग चन्द्र भण्डारीको माग

काठमाडौं । ग्याँस विष्फोट भएर घाइने भई भारतमा उपचार गरेर नेपाल फर्केका कांग्रेस नेता चन्द्र भण्डारी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । कांग्रेस नेता चन्द्र भण्डारी बुधबार सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सहभागी भएका हुन् ।

नीति तथा कार्यक्रममा उनले ग्याँस तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।

भण्डारीले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखेका छन्, । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यस्ता विषयलाई सरकारले गम्भिरतापूर्ण लिनुपर्ने बताए ।

भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारत भएको थियो । गत फागुन ३ गते बुद्धनगरसस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। ग्याँस विष्फोटमा परी उनकी आमाको गत फाल्गुण ४ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *