गोल्छा अर्गनाइजेसनको मेट्रिक्स कम्पनीको व्यापार बढ्यो


काठमाडौं । गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित मेट्रिक्स कम्पनीको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा भन्दा २०२२ मा १४ करोड रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा ८५ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा ६८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गोदरेज ब्रान्डको फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) वस्तु आयात गरी बिक्री गर्दै आएको छ । नेपालमा गोदरेज ब्रान्डको वस्तुका दुई विक्रेता छन् । तीमध्ये एउटाले उपत्यकामा व्यापार गर्दै आएको छ भने अर्कोले पोखरा, नेपालगन्ज र अन्य आसपासमा व्यापार गर्दै आएको छ ।

आकाश गोल्छा र जयन्तकुमार अग्रवालको संयुक्त लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड र अल्पकालीन कर्जाका लागि ४६ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ । कम्पनीले सन् २०२२ मा ९५ प्रतिशत आम्दानी एफएमसीजीबाट गरेको थियो । कम्पनीले लामखुट्टे मार्ने मस्क्युटो रिपेलेन्ट, हेयर कलर र साबुन बिक्री गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *