उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलवारको सो निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो । चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गरेका थिए ।

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको रायअनुसार सरकारले यस्तो निर्णय लिएको थियो । सो निर्णय कार्यान्वयन नगराउन माग गर्दै चलाउने अदालत गएका थिए । उनले त्रिविमा आमरण अनशनसमेत जारी राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *