एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास गर्न नदिने

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जानकारी गराउने समेत निर्णय गरेको छ ।

एकीकृत समाजवादीले बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको र आफ्नो पार्टीले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको निष्कर्ष निकाल्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए । बजेटमाथि पार्टीका नेताहरुले असन्तुष्टि पोखेपछि त्यसबारे छलफल गर्न बिहीबार संसदीय दलको बैठक बसेको थियो ।

एकीकृत समाजवादकिा उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पारित गर्न नदिने पार्टीले निर्णय गरेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *