हरीशयनि एकादशि पुराण बाचन सम्पन्न


भक्तपुर । आषाढ शुक्लपक्ष हरीशयनि एकादशि तथा तुलसा रोपने तिथि हो । आजबाट धार्मिक परम्परा अनुसार चतुर्मास पुराण भन्ने चलन छ । चार महिना सम्म पुराण भने पछि ठूलो एकादशिका दिनमा साङेगरि तुलसिको विवाह गर्ने चलन परम्परा देखिनै चलि आएकोले हामी नेपालिहरुका लागि यो एउटा महत्यपूर्ण धार्मिक चाड कै रुपमा लिई रहेका छौ । आजको दिनमा निलहार ब्रतबसि बेलुका मात्र फलफुल खाने चलन रहेकोले सोहि अनुसार हामिले गरि रहेका छौ । त्यसै अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटस्थित शिव सरस्वति मन्दिरमा आजवाट चतुर्मास पुराण आरम्भ गरियो ।धार्मिक नेता ,वडा नं ३ बालकोट ज्येष्ठ नागरिक समन्वय समितिका सल्लाहकार एवं प्राचार्य गुरु रामप्रसाद दवाडिबाट चतुर्मास पुराणवाचन गर्नु भएको थियो । उहांको शरीर अस्वस्थाको कारणले गर्दा सकेसम्म दैनिक र नसकेमा प्रत्येक पन्ध्र पन्ध्र दिनमा अर्थात एकादशि पर्व महात्मे पुराण वाचन गरि दिने बचन दिनुभयो ।

त्यसैगरि यस शिव सरस्वति मन्दिरमा जे जति खर्च लागेको छ सो सवै वडाध्यक्ष दिपेन्द्र के.सि र वडा सदस्य जनक भण्डारीबाट प्राप्त भएको छ । यस मन्दिरमा महिले पहिला देखिनै सक्दो सेवा गर्दै आएको र आजको कार्यक्रमका लागि र आगामि दिनमा हुने सवै पुजासम्बन्धि सामाग्रिहरु तयार पार्ने कुरा हाम्रा सम्वाददाता विश्वनाथ ढुंगेललाई ३ नं वडा सदस्य जनक भण्डारीले जानकारि दिनु भयो । त्यस्तै ईन्द्र वहादुर वोडेलको नेतृत्वमा धार्मिक भजन पनि गरिएको गियो । यसै गरि जनप्रतिनिधि ३ नं वडा सदस्य जनक भण्डारिले हाम्रो यस मन्दिरमा पुजा नित्य हुने गरेको छ । म जन प्रतिनिधिको हैसियतले खेल्नु पर्ने भुमिका सधै नै खेल्नेछु । मैले सक्ने र हुने जे जस्तो सक्छु त्यसमा म पछि हटने छैन भनी बताउनु भयो । त्यसैगरि मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सुमन भुजेलले हामिले मन्दिरलाई अझ सक्दो व्यवस्थित तवरले अगाडि लानेछौ। हामिवाट रकम पारदर्सि छ ।कसैको पनि खोटि नियति छैन। आजको एकादशि महात्मे सुन्न आउने सवैे भक्तजनहरुका लागि प्रसादि तयार गरि सहज गराउनेमा श्याम भुजेल ,कृष्णप्यारी भुजेल ,सुमन भुजेल तथा सुस्मिता भुजेलले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *