पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । शुक्रबार उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार रौनियारविरुद्ध बाँकेमा ठगीको मुद्दा दर्ता भएको छ । त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । उहाँविरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *