आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर


काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् । शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । अदालतका प्रवक्ता दिपेन्द्र योगीका अनुसार बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३ सय १४ रुपैयाँ बराबरको जरिबानाको फैसला भएको छ । त्यस्तै, उक्त मुद्दामा प्रतिवादी बनाइएका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रम बमोजिम जफत गरिएको योगीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *