सिटिजन्स बैंकले गर्‍यो ‘साथ’ हकुना मटाटालाई सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटाका कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई बैंकले उक्त चेक हस्तान्तरण गरेको हो ।

साथ हकुना मटाटामा रहेका ११ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक शर्माले जानकारी दिए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ । बैंकले १८५ वटा शाखा, १४१ वटा एटीएम तीन वटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *