रिलायबल नेपाल लाइफलाई आईपीओ निष्कासन अनुमति


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रतिकित्ता २ सय ५७ रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई १०० अंकित मूल्यमा १ सय ५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २ सय ५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले एक करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट आज अनुमति पाएको छ ।

कम्पनीले सुरूमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा १ सय १२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २ सय १२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो । कम्पनीले उक्त प्रिमियम मूल्य पछि बढाउँदै१सय ९९ थपेर प्रतिकित्ता २ सय ९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो । बोर्डले भने कम्पनीलाई अंकित मूल्यमा १ सय ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ५७ रुपैयाँमा आईपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *