आज पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध सुरु गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर नै विरोध जनाएका थिए ।

त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *