उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सांसद परियारको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले उच्च शिक्षाको क्रममा नेपालीमा पढाई हुने तर अंग्रेजीमा प्रश्न सोध्ने गरेका कारण उर्तीण प्रतिशत घटेको प्रति ध्यानाकर्षण गराएका हुन् ।

सांसद परियारले संविधानले नै नेपालीलाई सरकारी कामकाज र राष्ट्रिय भाषाको मान्यता दिएको बताउँदै भने– ‘अधिकांश शिक्षण संस्थामा नेपाली भाषामा अध्ययन अध्यापन गरिन्छ । कक्षा १२ सम्म प्रश्नपत्रपनि नेपाली र अंग्रेजीमा दुवै माध्यबाट सोधिन्छ । तर विश्वविद्यालय तहको स्नातकदेखि माथिल्लो तहका प्रत्येक विषयका प्रश्नपत्रहरु अंग्रेजी भाषामा मात्र सोध्दा विद्यार्थीले प्रश्न बुझ्न नसक्दा जानेको उत्तरपनि लेख्न नसकी फेल हुने प्रतिशत उच्च रहेको विज्ञहरुको भनाई छ । त्यसैले उच्च शिक्षामा पनि नेपाली र अंग्रेजी दुवै भाषामा पास हुने प्रतिशत बृद्धि हुने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *