केटिलाई यस्ता गुण भएका केटा असाध्यै मन पर्छ

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला र गला दुबै हो र जो कोहिमा यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै चाहिन्छ भने हुँदैन ।

केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिन भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ हरेक केटीलाई मन पर्छ केटाहरुको यस्ता बानिहरु ।

सादा सिधा र परेको बेला आक्रामक बन्न सक्ने : सिधा सादा सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिलाहरु ।

रुखो ब्यवहार देखाउने केटा : कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा सबै केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ यसैले यदि तपाई कुनै पनि केटिलाई बढि वास्ता गनुहुन्छ भने तपाइलाई मन नपराउन सक्छन् त्यसैले आजैबाट यस्ता बानि छोड्नुस् ।

आत्मविश्वासी : कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा सजिलै परिहाल्छन् सक्छन्।

गम्भिर : कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला बढि आकर्षित हुन्छन् ।

ख्याल गर्ने केटा : आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् तपाईले मन जित्न सक्नु हुन्छ ।

खुशमिजास : धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा सजिलै पर्ने गर्दछन् ।

सम्मान दिने : केटीहरुलाई आफुहरुलाई सम्मान गर्ने पुरुष बढि मन पर्छ र तेस्ता केटालाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।

यि सबै कुरामा ध्यान पुराउनाले तपाईले केटिहरुको मन जित्न सक्नु हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *