देउराली जनता फार्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढ्यो


काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२१ मा अघिल्लो वर्षको तुलनामा २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हो । कम्पनीले २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा कम्पनीको व्यापारमा २७ करोड २७ लाखले बृद्धि हुँदे १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको छ ।

तर, २०१९ को तुलनामा भने व्यापार कम भएको छ । २०१९ मा कम्पनीले १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा कम्पनीले कति आम्दानी गर्यो भन्ने कुराको जानकारी भने उपलब्ध गराइएको छैन । सन् १९९१ मा सुरु भएको देउराली जनता फार्मास्युटिकल्स नेपालकै चलेको फार्मास्युटिकल कम्पनीहरु मध्येमा पर्छ । विभिन्न किसिमका औषधीहरुको उत्पादन गर्ने कम्पनीले २५० किसिमका उत्पादनहरु गर्ने गरेको छ ।

कम्पनीको अधिकतम सेयर (७१ प्रतिशत) हरिभक्त शर्मासँग रहेको छ भने बाँकी सेयर उनको परिवारलगायतसँग रहेको छ । कम्पनीमा कार्यकारी निर्देशक र अध्यक्ष पनि शर्मा नै रहेका छन् । शर्मा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत हुन् । कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँको कर्जाको रेटिङ गराएको छ । जसमध्ये दीर्घकालिन फन्ड बेस्ड कर्जा सुविधामा २७ करोड ७२ लाख रुपैयाँको रेटिङ पाएको छ भने अल्पकालिन फन्ड बेस्टमा ३७ करोड २५ लाख र ननफन्ड बेस्टमा १७ करोड रुपैयाँको रेटिङ पाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *