सामसङ मोबाइल किन्ने ९ जनाले जिते स्कुटर


काठमाडौं । सामसङले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै ’ अफरका नौजना विजेता घोषणा गरिएको छ । दसैँ कन्सुमर प्रमोसन अफरअन्तर्गत नौजना विजेताहरूले टीभीएस १२५ सीसी स्कुटर जितेका छन् । असोज २ देखि १५ गतेसम्मको प्रवर्धनात्मक अवधिमा सामसङको स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट विजेता छनोट गरिएका सामसङले जनाएको छ । असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कुटर दाबी गरिसकेका छन् ।

स्कुटर दाबी गर्नेमा ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एन्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ फाइभजी खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए २४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् । अझै पनि १३ वटा स्कुटर जित्न बाँकी नै छ । कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी सहभागी बन्न सक्ने सामसङले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *