फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा


काठमाण्डौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९।८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र ७।५ नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *