पल्सर स्पोर्ट्स अवार्डमा गोल्छा ग्रुपको निरन्तर साथ

काठमाडौं। पल्सर स्पोर्ट्स अवार्ड यसवर्ष आगामी माघ १२ गते हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी २० औं संस्करणको मिति घोषणा गरेको हो। यो संस्करणका लागि एनएसजेएफले आइतबार नै नेपालका लागि पल्सर मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीसँग प्रायोजन सम्झौता गरेको छ। जसअनुसार कम्पनीले ५ वटा पल्सर मोटरसाइकल र १२ लाख रुपैयाँ प्रदान गर्ने गोल्छा ग्रुपका अभिमन्यु गोल्छाले बताए। गोल्छाले ‘ब्राण्ड बिल्डिङ’का लागि मात्र नभएर खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य हुने ठानेर लगानी गरेको बताए। ‘हामीले विगतमा एनएस सिरिज दिइरहेका थियौं। अहिले मोडल परिवर्तन गरेका छौं। हामीले पाँचवटा मोटरसाइकल स्पोन्सर गर्दैछौं।

जसमा २ वटा एन २५० र तीनवटा एन १६० हुन्, गोल्छाले भने, ‘त्यसबाहेक १२ लाख रुपैयाँ सपोर्ट गर्नेछौं। पल्सरसँग मञ्चको यो १५ औं वर्षको सहकार्य हो । अवार्डमा ९ विधा समेटिने छन्। वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्च च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन्। यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले मोटरसाइकल पाउनेछन्। अन्य विधाका खेलकर्मीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। छनोटमा परेका खेलाडी सार्वजनिक गर्न बाँकी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *