श्रीगणेश बहुउद्देश्यीय सहकारीको २३औं साधारणसभा

ललितपुर । ललितपुरको प्रयागपोखरीमा रहेको श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सम्पन्न भएको छ । जेष्ठ सदस्य पांचा अवालेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष तिर्थलाल महर्जनको सभापतित्वमा सभा भएको हो । संस्थाका अध्यक्ष तिर्थलाल महर्जनले आ।व।२०७९।०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देशमा सिर्जित अत्यन्तै प्रतिकुल वातावरणमा पनि संस्थाले रु। दुई करोड बयालिस लाख खुद नाफा कमाउन सफल भएको जानकारी दिँदै शेयर लाभांश ९.७८ प्रतिशत तथा स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने प्रस्ताव गरे
उक्त वार्षिक कार्यक्रममा जेष्ठ सदस्यमा सम्मानित सदस्यमध्ये प्रथम नेपाली महिला पाराशुट जम्पर श्री सुन्दरी श्रेष्ठले आफु २३ वर्षको जल्दोबल्दो उमेरमा २०२६ मंसिर १३ गते देखि २० सम्ममा लगातार ५ पटक चोभार डाँडा (१४०० फिटको) उचाईबाट पाराशुटबाट जम्प गर्दाको आफ्नो रोमान्चक अनुभव साझा गरिन् ।

शेयर सदस्यहरुको तर्पmबाट शुभकामना दिँदै सदस्य श्यामकृष्ण महर्जनले संस्थाको संचालक समितिलाई सचेततापूर्वक पूँजी परिचालन गर्नुपर्ने र नयाँ पुस्तालाई सक्षम बनाउँदै विस्तारै नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए । सभाको संचालन सचिव भिमलाल महर्जनले गरेका थिए भने स्वागत मन्तव्य वार्षिक साधारण सभा व्यवस्थापन उपसमितिको संयोजक तथा उपाध्यक्ष ज्ञान बहादुर महर्जनले राखेका थिए । सभामा भिमरथारोहण गरिसकेका १६ जना जेष्ठ सदस्यहरुलाई सम्मान, सदस्य तथा सदस्यका छोराछोरीहरु मध्य १२ कक्षामा उत्कृष्ट ५ जनालाई उत्कृष्ट विद्यार्र्थी सम्मान र संस्थाबाट ऋण कारोवार गरी राखेका सदस्यहरु मध्य ३ जनालाई उत्कृष्ट ऋणी सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *