सिंगटी हाईड्रोले फागुन २ देखि हकप्रद निष्काशन

काठमाण्डौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *