नेपाली राजनीतिमा विकृति बढ्यो, छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएकाले छट्टुहरू हाबी हुन थालेको बताएका छन्।

आज काठमाडौँमा कांग्रेस नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा आयोजित नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी विषयक विचार गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै सो कुरा बताएका हुन्। ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । उनीहरू आउँछन्, लटरपटर बनाउँछन् जान्छन्’, उनले भने, ‘हामीलाई इमान्दार मान्छे चाहियो। हामीलाई गति र मति भएका दुवै मान्छे चाहिएको छ। उनले ’ कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने पनि बताए ।

उनले पार्टीभित्रको समस्या समाधान गर्न नसक्दा उत्तेजनाको राजनीति गर्नेहरुले प्रभावित पार्ने खतरा बढेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *