एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १ सय ७२ कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमा राखिएको जानकारी दिएको छ ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय २० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *