सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री

काठमाडौं । आर्थिक मन्दीका कारण बिकराल अवस्थामा रहेको अर्थतन्त्रलाई पनि टक्कर दिदै सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीका गाइघाट शाखा, बाग्लुङ शाखा र जमल शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका हुन् । देशमा कम्पनीका शाखा कार्यालयहरुले आक्रामक व्यपार गर्न सफल भएका छन् । चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनसायलाई पछि पार्दै कम्पनीका सो शाखा कार्यालयहरुले आक्रामक तरिकाले बीमा पोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीको गाईघाट शाखा कार्यालयले यहि चैत १४ गतेका दिन मात्रै एक सय पाँच वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । सोही अवसरमा खुशी व्यक्त गर्दै कम्पनीको गाईघाट शाखा कार्यालय प्रमुख मन्जु कुमारी थापाले सम्पूर्ण एजेन्सी म्यानेजर, अभिकर्ता र कर्मचारी तथा बीमितहरुलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेकी छिन् । ‘हामी सबैले कार्यालयमा छलफल गर्यौ र एकतावद्ध तरिकाले काम गर्यो अनि सफल भयौ ।

गाईघाट शाखाका एजेन्सी म्यानेजर राजेश कार्कीको काम प्रतिको लगाब र अन्य अभिकर्ताहरुको सहयोगका कारण एकैदिनमा एक सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भयौं’ शाखा प्रमुख थापाले बताईन् । कम्पनीको बाग्लुङ शाखा कार्यालयले यही चैत २२ गतेका दिन एकै दिनमा एक सय तीववटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । बाग्लुङ शाखा कार्यालय प्रमुख कमला शर्माले आफ्नो कार्यालयमा महिला कर्मचारी र अभिकर्ता बढी भएका कारण सम्वनय र छलफल गर्न सहज वातावरण भएको बताईन् । ‘हाम्रो शाखा कार्यालयमा महिला नै बढी छौं । हामी सबैले एकताबद्ध तरिकाले एउटा लक्ष्य लिएर अठोटका साथ अगाडी बढ्यौ र एकै दिनमा एक सयभन्दा बढी पोलिसी बिक्री गर्न सफल भयौं।’ बाग्लुङ शाखा प्रमुख शर्माले बताइन् । साथै, उनले एरिया ब्रान्च म्यानेजर दिपेन्द्र लम्साल तथा ब्रान्चका कर्मचारी, अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् । कम्पनीको जमल शाखा कार्यालयले यही चैत १८ गतेका दिन एकैदिनमा एक सय दुईवटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको व्यवसाय बृद्धिमा जमल शाखा कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । सो शाखा प्रमुख प्रकाश श्रेष्ठ रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *