एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल)मा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईबीच सम्पन्न भयो । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो । सम्झौताअनुसार अस्पतालको सेवा लिएबापत एसबिआई बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा छुट पाउने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *