महिन्द्रा इलेक्ट्रिक तीन पांग्रेको ‘ट्रियो’को विर्तामोडदेखि काँकडभित्तासम्म र्‍याली

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को र्‍याली सम्पन्न गरेको छ । विद्युतीय अटोको प्रयोगलाई थप प्रोत्साहन गर्न महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोले र्‍याली आयोजना गरेको हो ।

अग्नि ग्रुपले चैत २३ गते बिहान ८ दखि दिउँसो ३ः३० बजेसम्म विर्तामोडदेखि काँकरभित्तासम्म ट्रियो र्‍याली आयोजना गरेको जनाएको छ । र्‍याली विर्तामोडबाट सुरु भई बुट्टाबारी–चराली–धुलाबारी हुँदै काँकडभित्तासम्म पुगेर पुनः बुधबारे–जयपुर–शनिश्चरे–सुरुंगा हुँदै विर्तामोड आइपुगेर औपचारिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।

प्रहरी नायव निरीक्षक पूर्ण गौतमले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य महासंघका महासचिव कुशल खतिवडा, महिन्द्रा लास्ट माइल भारतका प्रतिनिधि चन्दन गुप्ता र ३० जना ट्रियो चालक, स्थानीय र अग्नि ग्रुपका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *