यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको नयाँ वर्ष अफर

काठमाडौं । यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको छ । जसमा हरेक राइडरले अविश्वसनीय क्यासब्याक र छुट पाउनेछन् । सोरुममा आउने सबैले यज्डी स्क्रयाम्ब्लरलाई मनपराएको पनि बताइएको छ । नयाँ वर्षको अवसरमा यज्डी स्क्रयाम्ब्लरमा अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हो ।

अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्रयाम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ । यस मोटरसाइकलमा बीएस सिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ । यो अफरमा मोटरसाइकल खरिद गर्न ग्राहकहरूले उत्तरढोका, काठमाडौं र नेपालगञ्जमा रहेका सोरूमहरूमा जानु पर्नेछ । यज्डी स्क्रयाम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *