निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार बिहान सिंहदरबार स्थित समितिको हलमा साढे १० बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा सुरु नभएपछि बैठक बस्ने नसकेको हो । गलबार बिहान बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले बैठक स्थिगित भएको खबर आएको छ । मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हल पुगेका थिए । त्यसबेला एक जना मात्र सांसद सुनिता बराल उपस्थित थिइन् । समिति सभापति राजकिशोर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरेका थिए ।

तर, बैठक सञ्चालनका लागि १०ः४५ बजेसम्म पनि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागेका थिए । त्यसपछि मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट निस्किएका थिए ।

समितिको आजको बैठकमा पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *