सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि परेको दुवै दाबी अस्वीकृत, पुन: पेश गर्न आह्वान

काठमाडौँ ।  सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशमलाल चौधरी पक्षधर मानिने नेता लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र आफ्नो दलको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए भने यता नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले, माओवादी र आफ्नो पार्टीको समर्थन रहेको भन्दै  मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दाबीसहित मिति वैशाख ६ गते बेलुका ५ः०० बजे भित्रको समय दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *