उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

काठमाडौं । झन्डै ३ वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको छ । उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाइन् । उनकी प्रतिष्पर्धी नेकपा (एमाले)की विद्या भट्टराईले ९३ मत पाइन् ।

आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे । भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । त्यस्तै प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि उनलाई सघाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *