चिनियाँ नेताका कारण आज पनि काठमाडौंका सडक अस्तव्यस्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौंका सडक अस्तव्यस्त बनेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार विहान ९ बजे पछि कालिमाटी, त्रिपुरेश्वर, कोटेश्वर देखी भक्तपुर जाने सवारी साधन प्रभावित भएका छन् ।

बिहान ९ बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी, सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने कार्यालयले जनाएको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष ली भक्तपुर दरबार क्षेत्रको अवलोकनमा निस्केका कारण ती सडक प्रभावित भएका हुन् ।

त्यस्तै दिँउसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ । लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न जाने भएका कारण ती सडक प्रभावित हुने भएका हुन् । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *