कांग्रेसको कार्य सम्पादन समितिको बैठक २ बजे बस्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *