नर्भिकका अध्यक्ष सिंहले पाए प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह उक्त अवार्डबाट सम्मानित भएका हुन् ।
काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरे । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *