देउवा र म मिलेपछि अहिले नहुने केही छैन : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी कार्यक्रममा उनले दुई नेता मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने दावी गरे । उनले दुर्गम र जटिल भौगोलिक संरचना रहेको उत्तरी गोरखाको विकासलाई आफूले विशेष प्राथमिकता दिने पनि बताएका छन् ।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको पनि उनले बताएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका दुवै उम्मेदवारलाई जिताउन पनि अपिल गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *