निर्वाचनपछि गठबन्धनकै सरकार : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले)लाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरुले गठबन्धन निर्माण गर्‍यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।”

अध्यक्ष केसीले एमालले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाउनुभयो । एमालेले पटक–पटक संसद्लाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताउनुभयो । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उहाँले बतानुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *