सुदूरपश्चिम निर्वाचन : दुई मन्त्री र पूर्व मन्त्रीद्वारा मतदान

काठमाडौँ । श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का नेता मन्त्री कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी दार्चुलाबाट सत्ता गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गर्नुभएको छ । उहाँले सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नुभएको हो ।

त्यस्तै एमालेका नेता डा भीम रावलले पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्नुभएको छ । उहाँले अछामको चन्दोदय आधारभूत विद्यालय भागेश्वर मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

अछामका दुईवटै निर्वाचन क्षेत्रमा स्वच्छ र मर्यादित तवरले मतदान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *