सत्ता गठबन्धनको बैठक भोलि हुदै


काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि दिउँसो ३ बजे बोलाइएको छ । भोलि बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।
चुनावमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रमा असन्तुष्टि समेत देखिएको छ । शनिबार मात्र माओवादीले सबै विकल्प खुला गर्ने निर्णय समेत गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *