श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि ७ जनाको हत्यापछि आत्महत्या


एनोक उटाह । श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा घटेको हो । प्रहरीले पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताए पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्ध विच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । एपी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *