कांग्रेसले संविधानको रक्षाका लागि राष्ट्रपतिमा उम्मेदवारी दिने प्रदिप पौडेलको दावी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको संविधान जोगाउनका लागि भएपनि कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार दिने बताएका छन् ।

कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आज (आइतबार) आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले सो बताएका हुन् ।

नेपाली कांग्रेसले ‘नेपालको संविधान जोगाउनका लागि राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्छ,’ उनले भने, ।
‘संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन समेत उनले आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको र फेरी पनि यस्तो अवस्था सर्जिना हुन नदिन नेपाली कांग्रेसले राष्टपतिको निर्वाचनमा आफ्नो पक्षबाट उमेदवारी दिने बताएका हुन् । नेकपा एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतरा हुने समेत उनले जिकिर गरेका छन् ।

विगतमा ओली अनुकूलको राष्ट्रपतिले संवैधनिक व्यवस्थामाथि बारम्बार प्रहार गरेकाले अबका दिनमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले राष्टपतिको दावी गर्ने उनको भनाइ छ ।

कांग्रेसको समन्वयकारी भूमिकाले विगतमा देशका गम्भीर समस्याहरु समाधान गरेको भन्दै नेता पौडेलले कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुगे संसदलाई समन्वय गर्न सक्नेमामा जोड दिएका छन् ।

‘अतिवादमा विश्वास नगर्ने कांग्रेसको समन्वयकारी भूमिकाले हिजो देशका गम्भीर संकटहरु समाधान भएकाले ‘आज पनि कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसदलाई समन्वय गर्न सक्ने उनले उल्लेख गरेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *