सुपरमाई हाइड्रोपावरको आईपिओ माघ २३ देखि


काठमाण्डौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सामुहिक लगानी कोष योजनाहरुलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । त्यस्तै २५ हजार कित्ता शेयर सामुहिक लगानी कोष योजनालाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *