हामिले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्रिर्यामा केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए । ‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनुपर्छ माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं, केसीले भने ‘ब्याजदर स्थिर बनाउनु पर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ । बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक बित्तीय संस्थाबाट ॠण लिएका १८ लाख ॠणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ । ‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रिय बैंकले अस्तिमात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ केसीले भने नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो। हामी पनि ब्याजदर घट्नु पर्छ भन्ने चाहन्छौं । तर, अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ । बैंक बित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ॠणी भन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने केसीले बताए । ‘बजारमा ॠणीको धेरै कुरा आयो, निक्षेपकर्ताको विषयमा कुनै कुरा आएको छैन, केसीले भने, ‘हामीले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नु पर्छ । अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ। नन पर्फमिङ एसेस्ट बढेको छ। अहिले जसरी ब्याज तिर्दैनौं भन्ने क्याम्पेन चलेको छ, त्यो राम्रो होईन । केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएपनि अझै अर्थतन्त्र पुरै लयमा नभएको बताए । ‘हामी अझै सजक हुनु पर्ने अवस्था छ, त्यसैले केन्द्रिय बैंकले मौद्रिक नीतिको समिक्षामा कुनै पनि दर संशोधन गरेको छैन, केसीले भने ‘अहिले पनि सचेत हुनु पर्ने अवस्था छ । कार्यक्रममा नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक बित्तीय संस्था नाफामा संचालन हुन नसके निक्षेपकर्ताकको विश्वास सिर्जना हुन नसक्ने बताए । ‘पछिल्लो समय बैंक बित्तीय संस्थाको खराब कर्जा बढेको छ ढुंगानाले भने कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ॠणीले तिर्न सकेका छैन । जुन गम्भीर समस्या हो । ढुंगानाले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम हुन नसक्ने बताए । ‘अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उछरिंकल कुरा आउनु राम्रो होइन, ‘ब्याजदर नेपालमा मात्रै बढेको होइन, सबै तर्फ बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *