तेश्रो सहकारी महासम्मेलन चैत्र २३–२५ मा


काठमाण्डौ । आगामी चैत्त २३ देखि २५ गतेसम्म काठमाडौंकोे याक एण्ड यती होटलमा तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । प्रत्येक ५।५ बर्षको अन्तरालमा राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको आयोजना गर्दै आएको छ । महा सम्मेलनको तेश्रो संस्करण राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको हो । महा सम्मेलनलाई व्यवस्थित बनाउन यस पटक खल्ती एपमार्फत रजिष्ट्रेशनको व्यवस्था गरिएको महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा थाम्सुहाङले जानकारी दिइन् । सम्मेलनलाई व्यवस्थित बनाउन डिजिटल वालेट खल्ती एपमार्फत रजिष्टे«शन गर्न लागिएको उनले बताइन् । विगतमा सहभागीहरुले समयमा रजिष्टे«शन नगरेको र सम्मेलन शुरु भएकै दिन खल्तीमा पैसा बोकेर सम्मेलन स्थलमा रजिष्टे«शन गर्न आएकाले व्यवस्थापनमा समस्या परेको यस पटक भने खल्तीलाई जिम्मा दिइएको उनले बताइन् । समय रजिष्टे«शन नगर्ने र अन्तिम समयमा आएर नाम दर्ता गर्दा एक ÷दुई सय व्यक्ति सम्मेलन स्थलमा उभिनु परेको तितो यर्थाथ उनले सुनाइन् । उनले भनिन,‘विगतको सम्मेलनमा दुइसयको हाराहारीमा खल्तीमा पैसा बोकेर सिधै सम्मेलनमा आउनु भएको रहेछ । सिट छैन भन्दा पनि पैसा बुझाउँदै एक पछि अर्को गरेर सबै जना हलमा छिर्नु भयो । बस्ने कुर्सी समेत नभए पछि व्यवस्थापन माथि प्रश्न उठाउनु भयो, विगतको जस्तो समस्या नहोस भनेर ई–रजिष्टे«शनको व्यवस्था गरेका हौ।’ सबैले प्रश्न गर्ने व्यवस्थापनलाई हो तर कहाँ कम्जोरी भयो भनेर कसैले खोज्दैनन् उनले भनिन् । यस पटकको सम्मेलनमा एक हजार जनालाई सहभागी गराउने योजना रहेको उनले सुनाइन् । रजिष्टे«शन शुल्क १५ हजार रहेको र फागुन मसान्तसम्म नाम दर्ता गर्न सकिने उनले जानकारी दिइन् ।

सम्मेलनमा स्थानिय तहमा सहकारी हेर्ने कर्मचारीलाई समेत सहभागी गराइने भएको छ । त्यसैगरी सरकार, सहकारीकर्मी र पत्रकार सहितको यसका स्टेकहोल्डरबीच छलफल गरेर अभियानको आगामी दिशा तय गरिनेछ । सम्मेलनमा जापानले १३ हजार ५ सय सहकारीलाई कसरी ५०० वटामा झार्न सफल भयो भन्ने कुराको समेत छलफल हुने त्यसले कार्यदिशा तय गर्न मदत पुग्ने उनको भनाई छ । त्यसैगरी तरलता व्यवस्थापन, स्वनियमन र वितीय अनुशासन र एवं मानव संशाधन व्यवस्थापन जस्ता विषयमा समेत सम्मेलनमा छलफल गरिने भएको छ । संकटको मोडबाट गुज्रिरहेको सहकारी अभियानलाई निकाश दिन सम्मेलनले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । विगतको सम्मेलनले उठाएका ८० प्रतिशत कुरा कार्यान्वयनमा आएको उनले बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *