एमबीबीएसको प्रवेश परीक्षामा सिटभन्दा चार हजार बढी उत्तीर्ण


काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश एमईसीईई बीएल २०२३ अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७ सय ७४ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् । आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६ सय ६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका उनीहरू एमबीबीएस अध्ययन गर्न योग्य मानिन्छ ।

तर, आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८ सय ९५ सिट छुट्याएको छ । त्यसैले उत्तीर्ण भए पनि बाँकी चार हजार ७ सय ७४ जना विद्यार्थीले पढ्न पाउने सम्भावना कमै छ । आयोगको अनुसार परीक्षामा मर्यादा विपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरिएको छ । त्यस्तै गरी उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका २ सय १३ विद्यार्थी र उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ । प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रकृया पूरा गरी निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *