मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ ।

मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए । उनले भने, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने । हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो । त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो ।”

विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरुको योगदानको स्मरणसमेत गरेका छन् । “आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गरेका थिए । उनिहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उनले भने ।

‘पहराकी फुल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङ्को रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *