नेपाल डिष्टिलरिजले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार


काठमाडौं । नेपाली बजारमा खुकुरी एक्सएक्सएक्स रम बेच्ने नेपाल डिष्टिलरिजले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । शरद तेवरवाला र बसन्त चौधरीको संयुक्त लगानी रहेको कम्पनीले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ११ करोड ८० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ४८ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

मदिरा उद्योगको लामो इतिहास बोकेको कम्पनीले नेपाली बजारमा खुकुरी एक्सएक्सएक्स रम ब्रान्ड उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त ब्रान्डको मदिरा नेपाली बजारमा निकै चर्चित छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *