पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता , ३ हजार ८ सय ७० वटा विद्युतीय गाडी आयात

काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयातका विद्युतीय गाडी आयात भएको हो । पेट्रोलियम गाडीको आयातमा कठिनाई भएसँगै व्यवसायीहरु विद्युतीय गाडीतर्फ बढि आकर्षित भएका हुन् ।

विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् । यसरी एक महिनामा आयात भएका ३ हजार ८ सय ७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ ।

जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।

विद्युतीय गाडीमा भन्सार, अन्तःशुल्क लगायतको ट्याक्स कम हुँदा सरकारलाई राजस्वमा ठूलो धक्का लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *