प्रधानमन्त्रीलाई ६ मुख्यमन्त्रीहरुको १७ बुँदे साझापत्र (पूर्णपाठ)


काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्रसहित कारबाहीका लागि अनुरोध गरेका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले साझापत्र तयार गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।

पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधनमा जोड दिइएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका मुख्यमन्त्रीले साझापत्रमार्फत प्रधानमन्त्रीलाई आवश्यक कारबाहीको अनुरोध गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार शनिबार बिहान अन्तरप्रदेश परिषद् बैठकमा साझापत्रमा रहेका एजेन्डामाथि थप छलफल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *