एलओडीका दुई संचालक थुनामुक्त

कामठाडौं । काठमाडौँमा रहेको अति चर्चामा रहेको नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई संचालक थुनामुक्त भएका छन् ।

काठमाडौं सरकारी वकिलको कार्यालयले मुद्धा चलाउन उचित नभएको भन्दै शुक्रबार एलओडीका मालिक राजु सिंह सुवाल र रुदिलबल्लव श्रेष्ठले जेल बस्नबाट छुटकारा दिएकाे हाे ।

उमेर नपुगेकी बालिकालाई सो क्लबमा प्रवेश दिएपछि उनको बलात्कार भएको पाएपछि संचालकको लापरबाहीले यस्तो घटना घटेको भन्दै छानविनका लागि काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले ३० जेठमा एलओडी क्लबबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोगमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *