हरिवंश आचार्य सर्वोत्कृष्ट अभिनेता


काठमाडौं । अभिनेता हरिवंश आचार्य सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् । राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा आचार्यले सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गरे । उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद)को अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के. खनालले पाएका छन् । उत्कृष्ट छायांकनको अवार्ड ‘लप्पन छप्पन–२’बाट पुरूषोत्तम प्रधान र उत्कृष्ट सम्पादनको अवार्ड ‘दोख’बाट निमेष श्रेष्ठले पाए ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केले प्राप्त गरिन् । उत्कृष्ट निर्देशकको अवार्ड ‘प्रकाश’बाट दिनेश राउतले पाए । विसं २०७८ र २०७९ दुई वर्षको अवधिमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो । विशेष चलचित्र पुरस्कार तथा विशेष योगदान सम्मान गरी ५० भन्दा बढी चलचित्रकर्मीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । २०७८ र २०७९ को दीर्घ साधना सम्मानबाट क्रमशः लक्ष्मी गिरी र शिव श्रेष्ठलाई जनही नगद पुरस्कार ३ लाख ७५ हजार रूपैयाँ प्रदान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *