पोखराएफसी शीर्ष स्थानमा रहँदै क्वालिफायरमा

काठमाडौं । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ । पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को बराबरीमा रोकिएको छ । यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । बराबरीले धनगढीलाई घाटा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रो मै छ । धनगढीको उपविजेता हुँदै क्वालिफायर खेल्ने संभावना छ ।

तर उसले वीरगञ्ज र चीतवनबीचको खेलको नतिजामा भर पर्नु पर्छ । पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ । ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् । पोखरासँगको खेलमा ४२ औं मिनेटमा गोल गर्दै मिलन राईले अग्रता दिलाएका थिए । पोखराका कप्तान फ्रांकलिन कुएटे टालाले आफ्नै बक्समा टिममेटलाई ब्याक पास दिएका थिए । तर बल उनको टिममेटसम्म पुग्नुअघि नै धनगढीका ओलावाले आफिजले भेटे । ओलावाले पोखराका नरेन्द्र चौधरीलाई बिट गर्दै दायाँ भागमा बल क्रस गरेका थिए । पोखराका किपर प्रिसो पनि बिट भइसकेका थिए । क्रस लिन अहमद हिजाजी र मिलन राई दौडेका थिए । मिलनले बल भेटेर वाच टचमै गोल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *